१८ बैशाख । कर्णालीको विकास र समृद्धिको विषयमा केन्द्रित ‘कर्णाली युथ फेस्टिभल २०२६’ मा ‘परिकल्पना जाजरकोट’ का लेखक जय बहादुर सिंहले विशेष सम्बोधन गर्ने भएका छन्। “सुन्दर कर्णाली, समृद्ध कर्णाली” अभियानअन्तर्गत आयोजना हुन लागेको यस महोत्सवमा उहाँ प्रमुख वक्ताका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
कर्णालीको सामाजिक–आर्थिक रूपान्तरणका विषयमा लामो समयदेखि आवाज उठाउँदै आउनुभएका सिंहले “धरातल दर्शन” को अवधारणामार्फत स्थानीय स्रोत र सम्भावनामा आधारित विकासको खाका प्रस्तुत गर्दै आउनुभएको छ। महोत्सवमा उहाँले विशेषगरी जाजरकोटसहित समग्र कर्णाली क्षेत्रको विकास, युवाको भूमिका र भविष्यका अवसरहरूबारे आफ्नो धारणा राख्नुहुनेछ।
वैशाख १९ र २० गते वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजना हुने कार्यक्रममा सिंहले युवाहरूलाई स्वावलम्बी बन्न, स्थानीय स्रोतको पहिचान गर्न र समृद्धिको यात्रामा सक्रिय रूपमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। “समृद्ध कर्णालीका लागि एकजुट” भन्ने नारासहित आयोजना हुने यस कार्यक्रममा उहाँको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहने विश्वास गरिएको छ।
विशेष सम्बोधन वैशाख १९ गते दिउँसो ३:१५ बजेदेखि सुरु हुने कार्यक्रमअन्तर्गत रहनेछ। उहाँले कर्णालीको आत्मनिर्भरता, युवा नेतृत्व, चुनौती र सम्भावनाका विविध पक्षहरूमा प्रकाश पार्नुहुनेछ। आयोजकका अनुसार उहाँको मन्तव्यले सहभागी युवाहरूलाई आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट मार्गचित्र बनाउन प्रेरणा दिनेछ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!