काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेका छन्। उक्त मागमाथि अहिले जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ।
सरकारी पक्षले जरुरी पक्राउ पुर्जीको समर्थनसहित १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन अदालतसमक्ष दुईवटा निवेदन पेश गरेको छ। यता, ओली र लेखक पक्षका वकिलहरूले भने थुनामा राखेर अनुसन्धान गर्न आवश्यक नरहेको भन्दै जवाफी बहस गरिरहेका छन्।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले दुवै नेताविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। उक्त समयमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री तथा कांग्रेस नेता लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
आयोगको सिफारिसका आधारमा अदालतबाट जरुरी पक्राउ पुर्जी जारी भएपछि शनिबार बिहान दुवै नेतालाई पक्राउ गरिएको थियो। हाल अदालतमा जारी बहसपछि उनीहरूलाई थुनामा राख्ने वा बाहिरैबाट अनुसन्धान गर्ने भन्ने विषयमा निर्णय आउने अपेक्षा गरिएको छ।
दुबई । दुबईको अबुधाबीको अब्जान क्षेत्रमा अप्रिल ३ मा भएको घटनामा घाइते ७ जना नेपालीमध्ये ६ जनालाई सा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!