देउवा–ओली–प्रचण्डको सम्पत्तिमा छानबिन, सरकार अघि बढ्यो

देउवा–ओली–प्रचण्डको सम्पत्तिमा छानबिन, सरकार अघि बढ्यो

काठमाडौं। तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्तिबारे छानबिन प्रक्रिया सरकारले अघि बढाएको छ।

गृह स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि तीनै पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति विवरणमाथि अनुसन्धान सुरु गरिएको हो। सीआईबीले प्रारम्भिक रूपमा आवश्यक कागजात संकलन, विवरण विश्लेषण तथा सम्बन्धित स्रोतहरूसँग समन्वय गर्ने काम अघि बढाएको जनाएको छ।

यसैक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का लाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि आइतबार पक्राउ गरिएको छ। सीआईबीका अनुसार विभागको निर्देशनअनुसार उनलाई नियन्त्रणमा लिइएको हो।

यसअघि जेनजी आन्दोलनका क्रममा केही शीर्ष नेताहरूको निवासमा नगद भेटिएको विषय सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको थियो। सोही घटनासँग सम्बन्धित रूपमा विभिन्न स्थानमा मुचुल्का उठाउने कार्य भइसकेको र अहिले त्यसलाई थप विस्तार गर्दै अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ।

सरकारले उच्च तहका राजनीतिक व्यक्तित्वहरूलाई समेत अनुसन्धानको दायरामा ल्याएसँगै मुलुकको राजनीतिक वृत्तमा यस कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब अनुसन्धानको निष्कर्षले आगामी राजनीतिक दिशा र उत्तरदायित्वका विषयमा थप बहस जन्माउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दुबईमा घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, १ उपचाररत, अवस्था खतरामुक्त
18 घण्टा अगाडि

दुबई । दुबईको अबुधाबीको अब्जान क्षेत्रमा अप्रिल ३ मा भएको घटनामा घाइते ७ जना नेपालीमध्ये ६ जनालाई सा ...

छुटाउनुभयो कि ?

TOP