ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

प्रहरीको अनुसार चार जना घाइते भएकाछन् । घाइते हुनेहरुमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् । उनीहरुलाई उपचारका लागि मेडिसिटी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
एक महिना अगाडि

काठमाडौँ ।ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकल ...

छुटाउनुभयो कि ?

TOP