गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं । पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै मंगलबार काठमाडौं प्रदर्शन गरिएको छ । विद्यार्थीहरूको एक समूहले व्यवसायी दीपक भट्टसँग साझेदारी गरेको सहितको आरोप लगाउँदै गृहमन्त्री गुरुङको राजीनामा मागे ।

त्यसक्रममा प्रदर्शनमा सहभागीमध्ये चार जनालाई प्रहरीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको छ। विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकमा गृहमन्त्रीको विवादबारे पनि कुरा भइरहेको बताइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP