काठमाडौँ, ३ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु गरेको छ।
पार्टीका अनुसार कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको भूमिका र जिम्मेवारीबारे विस्तृत जानकारी दिइनेछ। साथै पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिगत प्राथमिकताबारे पनि छलफल गरिने जनाइएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले अभिमुखीकरणमार्फत सांसदहरूलाई प्रभावकारी रूपमा संसद्मा प्रस्तुत हुन आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य रहेको बताए।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष तथा समानुपातिकतर्फ उल्लेखनीय सफलता हासिल गर्दै १८२ सिट जितेको थियो।
यसैबीच, पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थितिका लागि छबुँदे निर्देशन जारी गरेका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!