शीतभण्डार भ्रष्टाचार काण्ड: सचिव बैकुण्ठ अधिकारीसहित अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

शीतभण्डार भ्रष्टाचार काण्ड: सचिव बैकुण्ठ अधिकारीसहित अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रूपन्देहीको शीतभण्डार निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा उच्च पदस्थ अधिकारीसहित अन्य प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार जिल्लाको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी झुट्टा बिलका आधारमा सरकारी रकम भुक्तानी लिएको पाइएपछि अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानपछि सार्वजनिक खरिद प्रक्रिया विपरीत खुला प्रतिस्पर्धा नगरी सोझै खरिद गरिएको, एउटै परामर्शदाता संस्थाले डीपीआर तयार गर्ने र मूल्याङ्कन गर्ने दुवै काम गरेको तथा वास्तविक कार्यको नापजाँच र परीक्षण बिना नै रकम भुक्तानी गरिएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।

सोही आधारमा लुम्बिनी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित सम्बन्धित कर्मचारी, परामर्शदाता कम्पनी र सहकारी संस्थाका पदाधिकारीहरूलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो।

आयोगले झुट्टा विवरण र मूल्याङ्कनका आधारमा करिब ७१ लाख ९७ हजार रुपैयाँभन्दा बढी सरकारी रकम हिनामिना भएको दाबी गरेको छ।

हाल उक्त शीतभण्डार संरचना अपूर्ण, जिर्ण तथा प्रयोगविहीन अवस्थामा रहेको पनि आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी लिइएको छ। मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जन्मदर्ता र विवाह दर्ताका प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
6 घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ । जन्म दर्ता, ...

छुटाउनुभयो कि ?

TOP