पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु ः अफगान सरकार !

पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु ः अफगान सरकार !

पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा तीन जना बालबालिका र एक जना महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् ।    
    
अधिकारीहरूका अनुसार दुई पक्ष बीच सीमापार झडपका कारण गत हप्तामा अफगानिस्तानमा १८ जना सर्वसाधारण मारिएका थिए ।    
    
आइतवार राती पाकिस्तानी सेनाले गुरबुज जिल्लाको नारी गाउँमा गरेको गोलाबारीमा एक महिला र एक बच्चाको मृत्यु भएको पूर्वी खोस्ट प्रान्तका गभर्नरका प्रवक्ता मुस्तघफिर गुरबुजलाई उदृत गर्दै एएफपीले जनाएको छ ।    
    
 स्वास्थ्य क्लिनिक र अर्को गाउँमा भएको गोलाबारीमा एक जना महिलासहित चार जना घाइते भएको जनाइएको छ भने घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।    
    
अफगानको खोस्त क्षेत्रमा आइतबार भएको पाकिस्तानी गोलाबारीमा दुई जना बालबालिकाको मृत्यु भएको गभर्नरको कार्यालयले विज्ञप्ति मार्फत जनाएको हो ।    
    
आइतबार पूर्वी नुरिस्तान प्रान्तमा गोलाबारी हुँदा एक व्यक्तिको मृत्यु भएको सरकारका उप प्रवक्ता हमदुल्ला फित्रतले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।    
    
यस अघि शुक्रबार अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरी– २६ मा पाकिस्तानसँगको झडपमा ७५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।    
    
इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी तालिबान ९टिटिपी० का लडाकुहरूलाई शरण दिएको आरोप लगाएको छ भने अफगान तालिबान अधिकारीहरूले उक्त आरोप अस्वीकार गरेका छन् ।    
    
गत अक्टोबरमा दुई देशबिचको लडाइँमा दर्जनौँ मानिस मारिए पछि बन्द भएको सीमा मध्यस्थता पछि सहज भएको थियो । तर फेब्रुअरी– २६ मा अफगानिस्तानले पाकिस्तानी हवाई आक्रमणको बदलामा सीमा आक्रमण सुरु गरेपछि द्वन्द्व फेरि भड्किएको थियो ।    
    
त्यसपछि पाकिस्तानले फेब्रुअरी – २७ मा राजधानी काबुलमा बमबारी गर्दै तालिबान अधिकारीहरू विरुद्ध “खुला युद्ध“ घोषणा गरेको थियो    
    
पछिल्लो समयमा बारम्बारको सीमा द्वन्द्वले व्यापार स्थिर भएको र करीव ११ लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ ।    
    
विश्व खाद्य कार्यक्रमले आइतवार २० हजार भन्दा बढी विस्थापित अफगान परिवारलाई खाना वितरण गर्न थालेको भने थप अस्थिरताले लाखौंलाई भोकमरीमा धकेल्ने चेतावनी दिएको छ ।    
    

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
एक महिना अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

छुटाउनुभयो कि ?

TOP