काठमाडौ।संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सोमबार भएको ड्रोन आक्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन ट्याङ्कीमा आगो लागेको छ।
दुबई मिडिया अफिसका अनुसार, ड्रोन आक्रमणले विमानस्थल नजिक दुईवटा ट्याङ्कीमा असर पुर्याएको बताइएको छ। सिभिल डिफेन्सका टोलीहरूले तत्काल आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। अधिकारीहरूले घटनामा कुनै मानवीय क्षति नभएको बताएका छन्।

यो घटनासँगै खाडी क्षेत्रमा फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वपछि मिसाइल र ड्रोन आक्रमणको क्रम तीव्र बनेको छ। यस अवधिमा दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमण खाडी मुलुकहरूले भोगिसकेका छन्।
आक्रमणका मुख्य लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय/कार्यालय भवनहरू परेका छन्।
यूएई सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको मुलुक भएकोले यस द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएको छ। खाडीका अन्य अरब मुलुकहरूले पनि यस घटनालाई गम्भीर रुपमा लिएका छन् र इरानको आलोचना गरेका छन्।
काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!