काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू मारिएको भन्ने हल्ला सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदा विश्वभर सनसनी मच्चिएको छ। तर उक्त दाबीलाई इजरायली प्रधानमन्त्रीको कार्यालयले पूर्ण रूपमा असत्य ठहर गर्दै नेतन्याहू सुरक्षित र स्वस्थ रहेको स्पष्ट पारेको छ।
टर्कीको अनादोलु एजेन्सी सँगको प्रतिक्रियामा प्रधानमन्त्रीको कार्यालयले “यो पूर्ण रूपमा फेक न्युज हो” भन्दै फैलिएको हल्लालाई अस्वीकार गरेको हो।
यसैबीच, इरानको रिभोलुसनरी गार्डसले कडा चेतावनी दिँदै नेतन्याहू जीवित रहेको खण्डमा उनलाई “खोजेर मार्ने” धम्की दिएको छ। उक्त अभिव्यक्तिले मध्यपूर्वमा जारी तनावलाई थप चर्काउने संकेत गरेको विश्लेषण गरिएको छ।
हल्ला फैलिनुमा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियो मुख्य कारण बनेको बताइएको छ। भिडियोमा नेतन्याहूको हातमा अस्वाभाविक रूपमा अतिरिक्त औँला देखिएको भन्दै केही प्रयोगकर्ताले यसलाई कृत्रिम बुद्धिमत्ताद्वारा बनाइएको हुन सक्ने आशंका व्यक्त गरेका थिए।
तर विभिन्न तथ्य–जाँच निकायहरूले उक्त दाबीलाई गलत ठहर गर्दै त्यो दृश्य केवल छायाँ, क्यामेरा कोण वा भिडियो गुणस्तरका कारण देखिएको निष्कर्ष निकालेका छन्। उनीहरूले नेतन्याहूको हातमा पाँचवटा मात्र औँला रहेको पुष्टि गरेका छन्।
युद्ध र तनावका बीच यस्ता अफवाह र धम्कीले विश्वभर सूचना प्रवाहमा भ्रम सिर्जना गरिरहेको छ। मध्यपूर्वको विकसित अवस्थालाई नजिकबाट नियालिरहेका विश्लेषकहरूले यस्ता घटनाले क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्न सक्ने चेतावनी दिएका छन्।
काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!