काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै ३३औँ प्रहरी महानिरीक्षकका रूपमा पदभार ग्रहण गर्नुभएका दानबहादुर कार्कीले संगठनलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री र पूर्णतः जनमुखी एवं नागरिकमैत्री बनाउने दृढ संकल्पकसहित कर्तव्यपथमा अगाडी बढनुभएको छ । नेतृत्व सम्हालेको छोटो अवधि अर्थात १०० दिनमै उहाँले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण तथा वैज्ञानिक अपराध अनुसन्धान पद्धतिको संस्थागत अवलम्बनमार्फत संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गर्नुभएको छ ।
अवकासप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँगको निरन्तर समन्वयमार्फत उहाँहरूको अनुभव, ज्ञान र सुझाबलाई आत्मसात गर्दै संगठनलाई मात्र नभई सिंगो मुलुकको हितलाई केन्द्रमा राखी निर्णय लिने उहाँको स्वभावले साँच्चै नै दूरदर्शी, समावेशी र परिपक्व नेतृत्वको परिचय दिएको छ । यसले संस्थागत निरन्तरता, अनुभवको सम्मान तथा नीति निर्माणमा सन्तुलित दृष्टिकोण सुनिश्चित गर्दै संगठनलाई स्थायित्व, विश्वास र दिगोपनतर्फ उन्मुख गराउन अहम भूमिका निर्वाह गरेको छ ।
यस अवधिमा सुशासन, आन्तरिक निगरानी प्रणालीको प्रभावकारिता, सेवा प्रवाहमा पारदर्शिता तथा नागरिकमैत्री व्यवहारलाई उच्च प्राथमिकतामा राखिएको छ । साथै, संगठनभित्र उत्तरदायित्व संस्कृतिको विकास, कार्यसम्पादन मूल्यांकन प्रणालीको सुदृढीकरण तथा डिजिटल रूपान्तरणतर्फ स्पष्ट दिशानिर्देशले नेपाल प्रहरीलाई थप आधुनिक, पेशागत र परिणाममुखी संरचनातर्फ उन्मुख गराएको छ । प्रहरी–नागरिक सम्बन्धलाई विश्वास, सम्मान र सहकार्यमा आधारित बनाएको छ ।
प्रहरी महानिरीक्षक पदमा नियुक्तिपश्चातको यस “सुनौलो १०० दिन” केवल समयको गणना मात्र नभई संगठनात्मक रूपान्तरणको प्रारम्भिक अध्याय, प्रतिबद्ध नेतृत्वको उदाहरण र भविष्यको मार्गचित्र कोर्ने निर्णायक चरणका रूपमा स्थापित भएको छ । यसले नेपाल प्रहरीको संस्थागत विश्वसनीयता अभिवृद्धि गर्दै दीर्घकालीन सुधार र सुदृढ सुरक्षा व्यवस्थाको ठोस आधार तयार गरेको छ ।
सँधै तल्लो दर्जाका प्रहरीहरूको सेवा, सुविधा तथा हित प्रवर्द्धनका लागि अनवरत रूपमा पहल गर्दै आउनु भएको उहाँको प्रतिबद्धताले संगठनभित्र आत्मसम्मान, मनोबल र कार्यउत्साह अभिवृद्धि गरेको महशुस भएको छ । आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका व्यावसायिक आवश्यकता तथा अवसरको समान पहुँचजस्ता विषयलाई प्राथमिकतामा राख्ने उहाँको कार्यशैलीले नेतृत्वको संवेदनशील र समावेशी स्वरूपलाई प्रष्ट पारेको छ ।
अब दृष्टिपात गरौँ- यो ऐतिहासिक १०० दिनको अवधिमा उहाँको नेतृत्वमा सम्पन्न भएका उल्लेखनीय उपलब्धि र रूपान्तरणकारी कार्यहरूमाथि ।
“कार्यसम्पादन मूल्यांकन मार्गदर्शन” कार्यान्वयन गरी जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन गर्ने पद्दतिको सुरुवात ,
पदभार ग्रहणको समयमा गर्नुभएको प्रतिबद्धता अनुरुप प्रहरी कार्यालय सहयोग देखि प्रहरी बरिष्ठ नायब निरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीका लागि “आकस्मिक सहुलियत कर्जा” प्रवाह प्रक्रिया पूरा गरी अनलाइन आवेदन प्रणाली सञ्चालन,
राशन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ गतेदेखि लागु हुने गरी नेपाल प्रहरीको राशन स्केलमा थप ३ प्रकारका सामग्री समावेश,
७ वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न ,
डोल्पा जिल्लामा गस्तिको क्रममा बिरामी परेका प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी आवश्यक उपचार को व्यवस्था,
प्रहरी व्यवस्थापन र परिचालन: विद्यमान चुनौतिहरु र भावी कार्यदिशा विषयमा रणनीतिक सम्मेलन सम्पन्न,
प्रहरी प्रधान कार्यालयमा AI-AAC (Artificial Intelligence and Advanced Analytics Cell) को स्थापना ,
विभिन्न प्रदेशका ३७ युनिटको अनुगमन गरी निर्देशन सम्बोधन,
प्रहरी वृत्त सातदोबाटो, बौद्ध, प्रहरी प्रभाग कोटेश्वर लगायत विभिन्न स्थानमा रहेका ७ वटा प्रहरी युनिट तथा सेवा केन्द्र भवन उद्घघाटन,
देशभर १२ प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति,
जघन्य तथा गम्भीर प्रकृतिका अपराधमा करिब शत प्रतिशत सफल अनुसन्धान,
कर्तव्य ज्यान सम्बन्धी १२३ घटनामा १८८ अभियुक्त पक्राउ
जबरजस्ती करणी तथा उद्योगका ४७५ घटनामा ४४५ अभियुक्त कानुनी दायरामा
फैसला कार्यान्वयन अन्तर्गत १९६० वर्ष कैद तथा रु. ३८,३६,२७,६४९ जरिवाना भुक्तान गर्न बाकि ५७८१ जना फरार प्रतिवादी पक्राउ ।
लागूऔषध सम्बन्धि कसुरमा २४५५ जना बिरुद्ध १५४८ मुद्दा दर्ता भएको जसबाट १७१५३ के जि गांजा, ४२० के जि चरेस, १० के जि हेरोइन, ५ के जि अफिम, ५ के जि पोल्याण्ड, २१ ग्राम कोकिनका साथै ठोस तथा तरल अवस्थाका बिभिन्न ४०५१०८ परिमाणमा प्रतिबन्धित लागुऔषधको बरामद ।
सानो ठुलो गरी २५५ नाल अबैध हतियार बरामद ।
४,००० भन्दा बढी हराएका व्यक्तिहरू परिवारको जिम्मा लगाइएको ।
सामुदाय प्रहरी साझेदारीका २७,५२८ कार्यक्रम मार्फत १२ लाखभन्दा बढी नागरिक लाभान्वित,
उपत्यकाका तीन वटै जिल्लामा “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न,
सरुवा प्रणाली व्यवस्थित गर्दै आफ्नो दरबन्दिमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने नीति लागू ।
अमर तथा शहीद प्रहरी परिवारसँग भेटघाट तथा श्रद्धाञ्जली अर्पण ।
मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका वडा नं. १ र बारा जिल्लाको महागढिमाई नगरपालिका वडा नं १० मा विपन्न समुदायमा न्यानो कपडा तथा खाद्यान्न वितरण ।
बिरगंज स्थित मानवसेवा आश्रम र कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित गुरुकुल, कैलास आश्रममा खाधन्न सामाग्री बितरण गर्नुभएको ।
संगठनको व्यवसायिकतामा बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधी तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको ।
विभिन्न निकायबाट २४० सवारी साधन प्राप्त गरी मातहतमा वितरण ।
करिब ५९,९५,८२,४३६ रुपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, काठ, हुण्डी, श्रोत नखुलेको रकम, नदिजन्य पदार्थ, अबैध मुद्रा, पशुपंक्षी लगायतका राजश्व चुहावटका गतिविधी नियन्त्रण गरीएको
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि मिति २०८२/१०/२० गते स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा देविस्थान माध्यमिक विद्यालय, मालिका गाउँपालिका–७, घमिर, गुल्मीमा रु. ५,००,००० (पाँच लाख रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गर्नुभएको ।
आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अख्तियार प्रमुख सहित उच्च पदस्थ १० जनालाई ज्यान मार्ने धम्की दिने ३३ बर्षीय प्रकाश पाठक सहित बिभिन्न मुद्धाका ३ जना प्रतिवादिहरुलाई बिभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याईएको ।
बिभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा प्रदेशका नाकाहरु सहित देशभरका बिभिन्न स्थानमा FIX, PTZ र ANPR गरी ४५६ वटा CCTV क्यामेरा जडान भएको ।
हराएका सवारी साधनहरूको अभिलेखीकरण गर्ने कार्य व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउनको लागी Traffic प्रहरीको वेबसाइटबाट LOST VEHICLE RECORD SYSTEM मा सवारी धनी आफैंले Online निवेदन दिन सक्ने र आफ्नो सवारीसाधन भेटिए/नभेटिएको समेत Online बाट नै थाहा पाउन सक्ने व्यवस्था मिलाइएको,
हराएका तथा अलपत्र अवस्थामा भेटिएका व्यक्तिहरूको र पहिचान नखुलेका शवहरूको विवरण हेरी पहिचान तथा सनाखत गर्न मिल्ने गरि यस्ता सूचनाहरू सर्वसाधारणको पहुँचसम्म पुग्ने गरी नेपाल प्रहरीको वेबसाइट परिष्कृत गरिएको,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई पूर्णतः शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा योजना तर्जुमा गर्नुका साथै विभिन्न सरोकारवाला निकाय, पूर्व प्रहरी अधिकारी तथा सम्बन्धित पक्षहरूसँग निरन्तर समन्वय, सहकार्य र परामर्श कायम राख्दै निर्वाचनका सम्पूर्ण चरणहरूलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण, जिम्मेवार तथा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको ।
यसरी, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा बितेका यी १०० दिन (वि.सं. २०८२ कार्तिक २७–फागुन ८) नेपाल प्रहरीले अनुभव गरेको संगठनात्मक सुधार, सुशासन र परिणाममुखी कार्यसम्पादनको एक ऐतिहासिक र सशक्त अध्यायका रूपमा स्मरणीय बनेका छन् ।
उहाँको कुशल नेतृत्वले संगठनभित्र अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई थप मजबुत बनाउँदै अपराध नियन्त्रणमा कठोरता, सेवा प्रवाहमा संवेदनशीलता र जनमुखी दृष्टिकोणको अनुपम सन्तुलन कायम गरेको छ । यसै क्रममा, समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा उतार्दै नागरिक र प्रहरीबीचको विश्वास र सहकार्यलाई थप सुदृढ बनाएको छ ।
यी उपलब्धिहरूले संगठनको व्यावसायिकता अभिवृद्धि मात्र गरेका छैनन्, बरु आगामी दिनहरूमा नेपाल प्रहरीलाई अझ सुदृढ, प्रविधिमैत्री, पारदर्शी र जनविश्वासयुक्त बनाउने आधारशिला पनि मजबुत गरेका छन् । यी १०० दिनहरू संस्थागत परिवर्तन, नेतृत्व प्रतिबद्धता र भविष्य निर्माणको अविस्मरणीय उदाहरणका रूपमा इतिहासमा अंकित हुने निश्चित देखिन्छ ।
धन्यबाद, जय नेपाल .....
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!