नयाँबानेश्वरमा फोहोर बोक्ने गाडीको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

नयाँबानेश्वरमा फोहोर बोक्ने गाडीको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

 

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको प्रहरीले जनाएको छ । 

काठमाडौं प्रहरीका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेको बताईएको छ । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको प्रहरीले जनाएको छ । प्रदेश ३–००१ बा ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८ः४५ बजे बा २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो ।

फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो तर उनलाई बिहान ८ः५५ बजे नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

टिपर चालक भने गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षका विकाश थापामगर रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको पाईएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शक्ति, भक्ति र विश्वासको दिन—आज हनुमान जन्मजयन्ती
6 महिना अगाडि

काठमाडौँ ।चैत्र शुक्ल पूर्णिमाको पावन अवसरमा आज देशभर श्रद्धा, आस्था र भक्तिभावका साथ हनुमान जन्मजयन ...

छुटाउनुभयो कि ?

TOP