रियादमा ड्रोन आक्रमण, अमेरिकी नागरिक हताहत भएको आशंका

रियादमा ड्रोन आक्रमण, अमेरिकी नागरिक हताहत भएको आशंका

रियाद/काठमाडौं । साउदिको रियाद स्थित अमेरिकन दूतावासमा ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणपछि अमेरिकी नागरिकसमेत हताहत भएको आशंका गरिएको छ, तर आधिकारिक रूपमा मृत्यु संख्या पुष्टि भइसकेको छैन।

पछिल्लो घटनाक्रममा इरानका सर्वोच्च नेता मारिएपछि क्षेत्रीय तनाव चर्किएको छ। त्यसको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी कूटनीतिक संरचनालाई लक्षित गर्दै ड्रोन प्रहार गरि रहेकोछ।
घटनाले Saudi Arabiaसहित सम्पूर्ण खाडी क्षेत्र उच्च सतर्कतामा पुगेको छ। यसैबीच इजरायल र अमेरिका सँगको बढ्दो टकरावले मध्यपूर्व थप अस्थिर बन्ने संकेत देखिएको छ।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार विकसित परिस्थिति आगामी ४–५ हप्तासम्म लम्बिन सक्ने अनुमान गरिएको छ। घटनाबारे सम्बन्धित निकायहरूको औपचारिक धारणा आउन बाँकी रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
4 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP