काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।
त्यस्तै दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल–मट्टितेल १५१ रुपैयाँ पुगेको छ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेल १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
निगमले अमेरिका–इजरायल–इरानबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले बाध्य भएर समायोजन गर्नुपरेको स्पष्ट पारेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!