काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले जारी राखेको सैन्य आक्रमणका बीच अमेरिकी रक्षा मन्त्री पीट हेगसेथको “शत्रुका लागि कुनै दया हुँदैन” भन्ने अभिव्यक्ति अन्तर्राष्ट्रिय स्तरमै विवादको विषय बनेको छ।मानवअधिकार समूह र अन्तर्राष्ट्रिय कानूनका विज्ञहरूले यस्तो अभिव्यक्ति युद्धसम्बन्धी नियमविपरीत भएको बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी रक्षा मन्त्री हेगसेथले भनेका थिए, “हामी निरन्तर दबाब बढाइरहनेछौँ, अघि बढिरहनेछौँ। हाम्रा शत्रुका लागि कुनै दया, कुनै माफी हुँदैन।”
विश्लेषकहरूका अनुसार युद्धका नियम निर्धारण गर्ने अन्तर्राष्ट्रिय सन्धिहरूले आत्मसमर्पण गरेका वा युद्ध गर्न नसक्ने अवस्थाका शत्रुलाई मार्ने वा “कुनै दया नदेखाइने” घोषणा गर्न प्रतिबन्ध लगाएका छन्। त्यसैले यस्तो अभिव्यक्ति अन्तर्राष्ट्रिय मान्यता र कानूनसँग बाझिने देखिएको छ।
अन्तर्राष्ट्रिय संकट समूहका वरिष्ठ सल्लाहकार ब्रायन फिनुकेनले यस्तो भनाइ अत्यन्तै चिन्ताजनक भएको बताएका छन्। उनका अनुसार उच्च तहका नेताहरूको यस्तो कठोर अभिव्यक्तिले युद्धमैदानमा सैनिकहरूको व्यवहारलाई प्रभाव पार्न सक्छ।
तर रक्षा मन्त्री हेगसेथले अन्तर्राष्ट्रिय कानूनको चिन्तालाई अस्वीकार गर्दै आफू “राजनीतिक रूपमा सही युद्ध” वा “अनावश्यक नियमहरू” पालन नगर्ने बताएका छन्। यसले नागरिक क्षति कम गर्न बनाइएका सुरक्षा मापदण्डहरू बेवास्ता हुन सक्ने भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
यसैबीच दक्षिणी इरानमा रहेको एक बालिका विद्यालयमाथि अमेरिकी मिसाइल प्रहार हुँदा १७० भन्दा बढी मानिसको मृत्यु भएको घटनाले पनि अन्तर्राष्ट्रिय स्तरमा आलोचना बढाएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको बताइएको छ।
इरानमाथि जारी युद्धका कारण हालसम्म कम्तीमा एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको र लाखौँ मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस घटनापछि केही अमेरिकी सांसदहरूले समेत रक्षा मन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। उनीहरूले यस्तो भाषाले युद्धमा नागरिक सुरक्षाको विषय कमजोर पार्न सक्ने चेतावनी दिएका छन्।
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!