श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद, चार जनाको नाम सिफारिस

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद, चार जनाको नाम सिफारिस

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेपछि पार्टीले चार जना सांसद पठाउने अवसर पाएको हो।

पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट चार जनालाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।

 सिफारिस गरिएकामा आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस–आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू रहेका छन्।
प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक सूचीबाट कसलाई संसदमा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र विवाद देखिएको थियो। सोही विवादका बीच अन्ततः चार जनाको नाम टुंगो लगाइएको बताइएको छ।

यसअघि खस–आर्य समूहबाट बन्दसूचीको पहिलो नम्बरमा रहेका जीवन विष्टले पार्टीभित्र देखिएको विवादका कारण आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएको घोषणा गरेका थिए। उनले पदका लागि हुने विवादभन्दा पार्टी र मतदाताको सम्मानलाई प्राथमिकता दिएको बताएका थिए।

समानुपातिक सांसद चयनको विषय चर्किएपछि पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै विवाद बढाउनेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।

हालै सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। खोटाङ, भोजपुर र सुनसरी–१ मा विजय हासिल गरेको पार्टीले समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय दलको हैसियत कायम गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
2 महिना अगाडि

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेक ...

छुटाउनुभयो कि ?

TOP