काठमाडौं । उत्तर कोरियाले शनिबार जापान सागर क्षेत्रमा करिब १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। सियोलस्थित संयुक्त चिफ अफ स्टाफ (जेसीएस)का अनुसार मिसाइलहरू उत्तर कोरियाको सुनान क्षेत्रबाट दिउँसो १ः२० बजे पूर्वी सागर तर्फ प्रक्षेपण गरिएको हो।
जेसीएसले जारी गरेको विज्ञप्तिमा ती मिसाइलहरू करिब ३५० किलोमिटर दूरीसम्म उडेका बताइएको छ। दक्षिण कोरियाली सेनाले कुनै पनि उक्साहटको सामना गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको पनि जनाएको छ।
जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रक्षेपणको पुष्टि गर्दै मिसाइलहरू उत्तर कोरियाबाट प्रहार गरिएको जनाएको छ।
यो घटना दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच सम्भावित भेटवार्ताको चर्चा सार्वजनिक गरेको केही समयपछि भएको हो।
अमेरिका लामो समयदेखि उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने प्रयासमा अग्रसर रहँदै आएको छ।
ट्रम्प प्रशासनले पछिल्लो समय प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न दबाब दिँदै आएको बताइएको छ। गत अक्टोबरमा एसियाली भ्रमणका क्रममा ट्रम्पले किम जोङ–उनसँग भेटवार्ताका लागि आफू तयार रहेको बताएका थिए। तर त्यसबारे उत्तर कोरियाले औपचारिक प्रतिक्रिया दिएको थिएन।
यसैबीच, किम जोङ–उनले हालै वासिङ्टनले प्योङयाङको आणविक हैसियत स्वीकार गरे दुई देशबीच सम्बन्ध सुधार हुन सक्ने संकेत गरेका छन्।
विश्लेषकहरूका अनुसार विश्वको ध्यान हाल मध्यपूर्वको युद्धतर्फ केन्द्रित भइरहेका बेला उत्तर कोरियाले आफ्नो उपस्थितितर्फ ध्यान आकर्षित गर्न सैन्य गतिविधि बढाउने रणनीति अपनाउने गरेको छ। कोरिया इन्स्टिच्युट फर मिलिटरी अफेयर्सका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–पियोले पनि यस्तै विश्लेषण गरेका छन्।
सन् १९५० मा दक्षिण कोरियामाथि आक्रमण गर्दै कोरियाली युद्ध सुरु गरेको परमाणु–सशस्त्र उत्तर कोरियाले विगतदेखि नै यस्ता सैन्य अभ्यासलाई आत्मरक्षात्मक कदमका रूपमा व्याख्या गर्दै आएको छ।
यसैबीच प्योङयाङले इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणको निन्दा गर्दै त्यसलाई अवैध कार्य भनेको छ। उत्तर कोरियाले उक्त घटनाले अमेरिकाको ‘दुष्ट प्रकृति’ उजागर गरेको दाबी गरेको छ।
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!