काठमाडौं,माघ २१-वि सं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार, पञ्चाङ्ग निर्माणका लागि वर्तमान तथा पूर्वपदाधिकारी, धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त र फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका प्राध्यापक, नेवारी र अन्य समुदायका विज्ञ, प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधि तथा विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक र सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएर घनिभूत छलफल गरिएको थियो।
छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई पुन: प्रकाशनका लागि स्वीकृति दिइएको छ। प्रकाशन स्वीकृत पात्रोमा सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ, र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग समावेश छन्।
विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएका थिए भने २०८२ मा चार नयाँ पात्रोलाई स्वीकृति दिइएको थियो। यस वर्ष ती चार पात्रोलाई दुई वर्षे परीक्षण कालपछि स्थायी स्वीकृति दिइएको छ। त्यस्तै, २०८३ मा नयाँ एक पात्रोले पनि प्रकाशनको लागि स्वीकृति माग गरेको छ, तर नयाँ पात्रोलाई स्वीकृति दिन बाँकी रहेको छ।
पछिल्ला वर्षमा माघ तेस्रो साता भित्र अर्को वर्षको पात्रो बजारमा आउने गरिन्छ। तर, यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेकाले पात्रो प्रकाशनमा करिब १० दिनको ढिलाइ भएको छ।
मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग (पात्रो) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड तथा तिथिमिति निर्धारण र धर्म-संस्कृतिको क्षेत्र नियमन गर्ने जिम्मेवारी २०७७ को गठन आदेशले दिएको हो। यस क्षेत्रका अभियानकर्ताहरूले समितिलाई धर्म-संस्कृतिको क्षेत्रमा विधेयक बनाउनुपर्ने माग गर्दै आएका छन्, तर अहिलेसम्म यो माग पूरा भएको छैन।
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!