काठमाडौ,माघ २१-नेपालका राष्ट्रपति रामचन्द्र पौडेल चार दिने आधिकारिक जापान भ्रमण पूरा गरेर बुधबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न मन्त्री, सुरक्षा निकायका प्रमुख, तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल जापान सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुगेका थिए। भ्रमणको मुख्य उद्देश्य दुई देशबीच राजनीतिक, आर्थिक, सांस्कृतिक र प्राविधिक सम्बन्धलाई अझ सुदृढ पार्नु रहेको थियो।
भ्रमण क्रममा राष्ट्रपति पौडेलले जापानी समकक्षीहरूसँग औपचारिक भेटघाट गरी द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए। यसमा व्यापार, लगानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र प्रविधि आदिको क्षेत्रमा सहयोग बढाउने विषयमा विशेष ध्यान दिइएको थियो।
त्यसैगरी, भ्रमण अवधिमा सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूमा सहभागिता जनाउँदै नेपाली परम्परा र सांस्कृतिक पहिचान जापानी जनतासँग साझा गरिएको थियो। जापान भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ उचाइ स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रपति पौडेलको यस भ्रमणले दुई देशबीचको मित्रता र सहयोगलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!