एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्ताव अघि सार्यो

एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्ताव अघि सार्यो

काठमाडौं,माघ २१ — एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरू पुनःस्थापित गर्न आवश्यक रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तावसहित चुनावी तयारीमा होमिएको स्पष्ट गरे।

थापाले भने, “देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो छ। नेपालको आर्थिक वृद्धि भइरहेको छ, समृद्धिको एकीकृत खाका सहित काम भइरहेको अवस्थामा केही पक्षहरूले अघिल्लो सरकारलाई विस्थापन गरेकाले जनताले यसलाई मनन गर्नेछन्।”

उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा चाँडै निर्णय दिनुपर्नेमा पनि जोड दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौँ ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी
1 हप्ता अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन ...

छुटाउनुभयो कि ?

TOP