नौ अङ्कले बढ्यो नेप्से

काठमाडौँ,माघ-८ आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव २३ अङ्कले बढेको छ । कारोबारसँगै नेप्से परिसूचक नौ दशमलव २३ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको हो ।    
    
 आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्म्क सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २५ प्रतिशतले घटेको छ ।    
    
 आज बैंकिङ समूह शून्य दशमलव ३१ र व्यापार समूह एक दशमलव १५ प्रतिशत घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह दुई दशमलव ३८ प्रतिशत बढेको हो ।    

[रासस]

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP