ग्रीन भिलेज सेकेन्डरी स्कुलमा वार्षिक अभिभावक दिवस भव्य रूपमा सम्पन्न

ग्रीन भिलेज सेकेन्डरी स्कुलमा वार्षिक अभिभावक दिवस भव्य रूपमा सम्पन्न

काठमाडौं, फागुन ९ — किर्तिपुर–भत्क्यापाटीस्थित ग्रीन भिलेज सेकेन्डरी स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस भव्य र सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

त्रिभुवन विश्वविद्यालयका डा. जीवलाल बस्यालले कार्यक्रम उद्घाटन गर्दै भने, “विद्यालयमा सिकाइ केवल पुस्तकमा सीमित हुनुहुँदैन। विद्यार्थीले सिर्जनशीलता र जीवनोपयोगी सीप पनि सिक्नुपर्छ। विद्यालय र अभिभावकबीचको सहकार्यले विद्यार्थीको समग्र विकास सम्भव हुन्छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर रिजालले भने, “विद्यालयले पछिल्ला वर्षमा राम्रो काम गरिसकेको छ। अब यो सफलता कायम राख्न सबैको सहयोग जरुरी छ।”

प्रिन्सिपल अमर क्षेत्रीले अभिभावकहरूको निरन्तर साथको लागि धन्यवाद दिँदै आगामी योजनाहरू, प्रविधिमैत्री पढाइ र अतिरिक्त क्रियाकलापबारे जानकारी दिए। कोअर्डिनेटर सुजन लामिछानेले कार्यक्रम सञ्चालनको प्रक्रिया र विद्यार्थीहरूको प्रस्तुतीबारे जानकारी दिएका थिए।

विद्यार्थीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेर सबैलाई मनोरञ्जन दिएका थिए। अभिभावकहरूले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रशंसा गरे।

 अभिभावक–शिक्षक भेटघाटले विद्यार्थीको प्रगति र आगामी लक्ष्यबारे छलफल गर्ने मौका पनि प्रदान गरिएको थियो।

ग्रीन भिलेज सेकेन्डरी स्कुलले आफ्नो वार्षिक अभिभावक दिवसमार्फत शिक्षा र संस्कृतिमा उत्कृष्टताको सन्देश दिएको छ। विद्यालयले गुणस्तरीय शिक्षा, सहकार्य र समर्पणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आजको मौसम पूर्वानुमान कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना  !
5 घण्टा अगाडि

काठमाडौँ |हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली ...

छुटाउनुभयो कि ?

TOP