काठमाडौं, फागुन ९- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा अवाञ्छित गतिविधि बढ्न सक्ने भन्दै त्यस्ता कार्यलाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन्। बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँग शनिबार आयोजित बैठकमा प्रधानमन्त्रीले निर्वाचनको वातावरण शान्त र निष्पक्ष बनाउन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले बहिष्कारको आवरणमा जनतालाई आतंकित पार्ने, चन्दाका नाममा अवैध रकम असुल्ने र निर्वाचन प्रक्रिया बिथोल्ने प्रयास हुन सक्ने संकेत गर्दै सुरक्षा संयन्त्रलाई चनाखो रहन भनिन्। “अहिले बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसायजस्तो भएको छ। जनतामा जानु नपर्ने, संगठन निर्माण नगर्ने, तर केही व्यक्तिहरू मिलेर बहिष्कारको हल्ला फैलाउने र असुली गर्ने प्रवृत्ति देखिएको छ,” उनले भनिन्।
उनले राजनीति गर्ने हो भने प्रत्यक्ष रूपमा जनतामा गएर मत माग्नुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारिन्। निर्वाचन लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यम भएकाले सम्भावित झडप, विवाद र असहज अवस्थाप्रति सुरक्षा निकाय संवेदनशील हुनुपर्नेमा उनले जोड दिइन्।
देशको राजनीतिक निकासका लागि निर्वाचन सफल हुनु अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जस्तोसुकै चुनौती आए पनि राज्य संयन्त्र दृढतापूर्वक अघि बढ्ने बताइन्। “निर्वाचन जित–हारको प्रतिस्पर्धा हो, तर प्रक्रिया स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय हुनुपर्छ,” उनले भनिन्।
आगामी निर्वाचन नजिकिँदै गर्दा सरकारको यो निर्देशनलाई सुरक्षा व्यवस्थापन र निर्वाचनको निष्पक्षतासँग जोडेर हेरिएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!