सर्लाही फागुन ९- नेपाली काङ्ग्रेस सभापति गगन थापा ले विकासको काम कसैलाई रुखमा झुन्ड्याएर छिटो नहुने बताएका छन्। सर्लाहीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासको गति बढाउन कानुनी र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरे।
उनले अप्रत्यक्ष रूपमा बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिलाई लक्षित गर्दै “काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोचले सुधार हुँदैन” भने। केही दिनअघि धनगढीमा आयोजित चुनावी सभामा बालेनले समयमै काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्ने अभिव्यक्ति दिएका थिए।
थापाले सबैलाई ‘फटाहा’ देखाएर हातमा चाबुक लिएर डर देखाउने शैलीबाट विकास सम्भव नहुने जिकिर गरे। “देशलाई सुधार, सुशासन र विकास चाहिएको छ, तर त्यो लोकतन्त्रको मूल्यमा सम्झौता गरेर होइन,” उनले भने। सुधारको प्रक्रिया जटिल र महँगो हुने उल्लेख गर्दै उनले विधि र प्रणालीमै सुधार नगरी हल्लाको भरमा परिणाम नआउने धारणा राखे।
चुनावी माहोल तातिरहेका बेला शीर्ष नेताहरूबीचको यस्तो सार्वजनिक बयानबाजीले राजनीतिक बहस थप चर्किएको छ। कांग्रेसले पूर्वाधार सुधारका लागि स्पष्ट योजना बनाएको दाबी गर्दै थापाले भावनात्मक भाषाभन्दा नीतिगत समाधानमा जोड दिनुपर्ने बताएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!