काठमाडौ पुस २८-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा चार बुँदे राजनीतिक प्रतिवेदन पेस गर्दै, भदौ २३–२४ का जेनजी आन्दोलनले उठाएका न्यायोचित मागहरू पार्टीले आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले आफ्नो प्रतिवेदनमा भने, “उक्त आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापना गरेको छ। आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्द्धन, सेवा प्रवाह र युवा प्रतिनिधित्वको सवाललाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गर्नेछ। यस आन्दोलनले देखाएको युवापुस्ताको सक्रियता र लोकतान्त्रिक चेतनालाई हामी मूल्याङ्कन गर्छौं। हामी युवा वर्गलाई राजनीतिक प्रक्रियामा समावेश गर्दै उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नेछौं।”
उनले आन्दोलनका क्रममा भएका दमन र हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। यससँगै थापाले कांग्रेसले अब युवा पुस्ताको आवाजलाई सुन्ने र नीति निर्माणमा समावेश गर्ने प्रतिवद्धता सार्वजनिक गरेको बताए।
विशेष महाधिवेशनमा पेस गरिएको चार बुँदे संकल्पमा न्यायोचित मागलाई आत्मसात गर्ने, सुशासन र सेवा प्रवाह प्रवर्द्धन गर्ने, युवा प्रतिनिधित्व सुनिश्चित गर्ने र हिंसात्मक घटनाबाट पीडितहरूलाई सम्मान दिनेबारे स्पष्ट रूपमा उल्लेख गरिएको छ। थापाले यो कदमलाई नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गर्ने प्रयासको रूपमा प्रस्तुत गरेका छन्।
काठमाडौँ ।‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!