मुस्ताङ,माघ २८ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा गरी यी मतदान केन्द्र निर्धारण गरिएका हुन्।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा रहेका छन्, जहाँ जम्मा ३६ जना मतदाता छन्। यसपछि वारागुङ मुक्तिक्षेत्र–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए।
जिल्लामा सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित जनहित मतदान केन्द्रमा रहेका छन्। उक्त केन्द्रमा मात्रै ६८९ जना मतदाता छन्। विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्दा मुस्ताङमा कूल ११ हजार ३२८ मतदाता कायम भएका छन्।
मतदान केन्द्रको पालिकागत वितरणअनुसार घरपझोङ गाउँपालिकामा ६ वटा, थासाङ गाउँपालिकामा ८ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा, वारागुङ मुक्तिक्षेत्रमा ९ वटा र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन्।
घरपझोङ गाउँपालिकामा कूल २,४९२ मतदाता छन्। यहाँ जनहित मतदान केन्द्रमा ६८९ र छैरो आधारभूत विद्यालयमा ८१ जना मतदाता रहेका छन्। थासाङ गाउँपालिकामा २,९०७ मतदाता कायम छन्, जसमध्ये जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङमा ६५३ र सौरु आधारभूत विद्यालयमा ६५ जना मतदाता छन्।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १,५४२ मतदाता छन्। यहाँ लोघेकर–१ चराङस्थित चराङ आधारभूत विद्यालयमा सबैभन्दा बढी ३१९ र ढि आधारभूत विद्यालयमा ७० जना मतदाता छन्।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २,३७६ मतदाता रहेका छन्। जनशान्ति माध्यमिक विद्यालय कागबेनीमा ५२० जना मतदाता छन् भने समर आधारभूत विद्यालयमा सबैभन्दा कम ३६ जना मात्रै छन्।
यसैगरी लोमान्थाङ गाउँपालिकामा २,०११ मतदाता छन्। यहाँ राष्ट्रिय आधारभूत विद्यालयमा ६२० र दिव्यज्ञान आधारभूत विद्यालय चुमजुङमा १३६ मतदाता कायम छन्।
यसैबीच निर्वाचन आयोगले बदर मत संख्या घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ। जिल्ला निर्वाचन अधिकारी ज्ञवालीका अनुसार पाँचवटै पालिकाले सिफारिस गरेका प्रशिक्षकलाई बुधबारदेखि तालिम दिइनेछ। तालिमपछि जिल्लाका २५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!