काठमाडौं,माघ २८— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारी सेवा प्रवाहमा रहेको झन्झटिलो “फाइल घुमाउने संस्कृति” अन्त्य हुनुपर्ने बताएका छन्।
आज बिहान सार्वजनिक गरेको भिडियो सन्देशमा उनले आम नागरिकले सरकारी सेवा लिँदा लामो लाइन बस्नुपर्ने र सानो कामका लागि पनि फाइल बोकेर विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाप्रति तीव्र असन्तुष्टि जनाए।
“कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै—सरकारी सेवा लिनु आज पनि आम नागरिकका लागि हैरानीको विषय बनेको छ,” उनले भने, “यो पुरानो र अल्छी प्रणाली बदल्नैपर्छ।”
सभापति थापाले समस्या समाधानका लागि डिजिटल गभर्नेन्स (Digital Governance) नै मुख्य विकल्प भएको बताए। प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहको शैली र प्रक्रियामा परिवर्तन गरेर नागरिकलाई सहज, छरितो र पारदर्शी सेवा दिने कांग्रेसको स्पष्ट प्रतिबद्धता रहेको उनको भनाइ छ।
“हामीलाई धेरै सरकारी निकाय होइन, प्रभावकारी शासन चाहिएको छ—न्यूनतम सरकार, अधिकतम सुशासन,” उनले जोड दिए।
थापाले कागजी प्रक्रियामा आधारित प्रणाली घटाएर अनलाइन सेवा विस्तार गर्नुपर्ने, एउटै पोर्टलबाट धेरै सेवा उपलब्ध गराउनुपर्ने र नागरिकले अनावश्यक झन्झट बेहोर्न नपर्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले सार्वजनिक प्रशासन सुधार, भ्रष्टाचार नियन्त्रण र सेवामा पहुँच अभिवृद्धि कांग्रेसको प्राथमिकता भएको समेत स्पष्ट पारे।
काठमाडौं । मानव शरीरमा दुई वटा मिर्गौला हुन्छन्, जसको मुख्य काम रगत सफा गर्नु हो। मिर्गौलाले शरीरमा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!