काठमाडौं, पुस २३ – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजीनामा दिएको बताएका छन्।
भदौ ३० मा मन्त्री पदको सपथ ग्रहण गरेका उनले आजै पत्रकार सम्मेलनको आयोजना समेत गरेकाछन र पदबाट राजीनामाको औपचारिक घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालयले पनि उनका राजीनामाको तस्वीर सार्वजनिक गरेको छ।
घिसिङले पहिले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गरेका थिए। तर हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भएका छन् र रास्वपा उपसभापति समेत हुन्। गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै उठेका आलोचनाको प्रभावमा उनले राजीनामा दिने निर्णय गरेका हुन्।
राजीनामा बुझ्दै गर्दा प्रधानमन्त्रीले मन्त्री घिसिङलाई अप्ठ्यारो परिस्थितिमा समर्पित कामको लागि धन्यवाद समेत व्यक्त गरेको बताइएको छ।
बैतडी,फागुन २३-सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको पुर्चौडीमा भएको घातक बस दुर्घटनामा ज्यान गुमाएका म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!