काठमाडौँ — २३ र २४ भदौमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको छ ।
आयोगका पदाधिकारीहरूले यस विषयमा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् ।
आयोगले घटनासँग सम्बन्धित सबै प्रमुख व्यक्तिहरूसँग बयान लिइसकेको र अब तत्कालीन प्रधानमन्त्री ओलीसँग मात्र बयान लिन बाँकी रहेको जनाएको छ । यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकिएको थियो ।
बिहीबार सिंहदरबारमा भएको भेटमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग ओलीलाई बयानका लागि कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका थिए ।
आयोगका एक पदाधिकारीका अनुसार ओलीले यसअघि आयोगलाई अस्वीकार गर्ने र बयान दिन नजाने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएकाले, उनी उपस्थित नभए वा बयान दिन इन्कार गरेमा अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे प्रधानमन्त्रीसँग परामर्श गरिएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले संविधान र कानुनअनुसार गठन भएको आयोगमा कसैले बयान दिन अस्वीकार गर्न नमिल्ने स्पष्ट पारेकी छन् । उनले कानुनअनुसार अघि बढ्न आयोगलाई सुझाव दिएको आयोग स्रोतले जनाएको छ ।
यसका साथै आयोगलाई सरकारको सहयोग आवश्यक परे गृहमन्त्री ओमप्रकाश अर्यालसँग समन्वय गर्न र आफूलाई जानकारी गराउनसमेत प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया