विद्यालय भवनको बिल पास गरिदिने भन्दै घुस लिँदै इन्जिनियर पक्राउ

विद्यालय भवनको बिल पास गरिदिने भन्दै घुस लिँदै इन्जिनियर पक्राउ

काठमाडौं,माघ १७- बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत एक इन्जिनियर घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले वडा नं. ७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस माग गरेका थिए।

प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल तथा सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले  माघ १५ गते इन्जिनियर मल्ललाई घुसको रकम एक लाख पचास हजार रुपैयाँ लिइसकेको अवस्थामा बारबर्दिया नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक कार्यालयमा हुने भ्रष्टाचारविरुद्ध आयोगको निगरानी र कारबाही निरन्तर जारी रहने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार गर्न निषेध
2 हप्ता अगाडि

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनी ...

छुटाउनुभयो कि ?

TOP