काठमाडौ पुस १४-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ।
स्रोतका अनुसार दुवै पक्षबीच सहमतिको ड्राफ्टमा अहिले हस्ताक्षर प्रक्रिया चलिरहेको छ। सहमतिअनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने तय भएको हो।
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ घिसिङ समूहबाट १८ जनालाई समावेश गर्ने विषयमा पनि सहमति जुटेको स्रोतले जनाएको छ।
पार्टी नेतृत्व तहमा भएको यो सहमतिलाई रास्वपाभित्रको संगठनात्मक सन्तुलन र आगामी राजनीतिक रणनीतिसँग जोडेर हेरिएको छ। यद्यपि, यसबारे पार्टीको आधिकारिक धारणा भने आउन बाँकी रहेको छ।
काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!