प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी

प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी


काठमाडौँ, माघ १४ - गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ ।    
    
संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आयोगले माघ ४ गते राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । आचारसंहिताको दफा ३ को (ज)मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ ।    
    
संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको उहाँको सचिवालयका हरिश गोले तामाङले जानकारी दिनुभयो । संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो ।    
    
आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा परेका उजुरीको छानबिन गरी अहिले विभिन्न राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र संस्था गरी अहिलेसम्म आयोगले १५ स्पष्टीकरण सोधिसकेको सहायक प्रवक्ता जिसीले बताउनुभयो ।    
[RSS]

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
2 हप्ता अगाडि

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष ...

छुटाउनुभयो कि ?

TOP