भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ), माघ १४ - मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।    
    
बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।    
    
लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले राससलाई जानकारी दिनुभयो । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ ।    
    
काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिनुभयो ।    
[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

आलेख : महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
17 घण्टा अघि

तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP