काठमाडौं पुस १४- यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहायक इन्द्रजित गुरुङविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त उजुरी र सूचना अनुसार मिति २०८२।०२।३० गते गुरुङलाई रु. १,८५,००० नगदसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा खुल्न आएको तथ्य अनुसार, गुरुङले पञ्जिकरण, ब्लुबुक, जाँचपास तथा परमिट नवीकरण जस्ता सेवा सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको थियो।
साथै, आफ्नो कर्मचारी स्थिति देखाउँदै बाहिरी व्यक्तिलाई झूटो आश्वासन दिई कार्यालयमा करार नियुक्ति गराइदिने र सेवाग्राहीबाट घुस संकलन गराउने गरेको पाइएको छ। संकलित रकम ई–सेवा खातामार्फत आफ्नै बैंक खातामा पटक–पटक जम्मा गरिएको थियो। कुल रु. १,६१,३४० घुस रकम संकलन गरेको प्रमाणित भएको छ।
अख्तियारले गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) अनुसार कैद र बिगो बमोजिम जरिवाना माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले भने, “सार्वजनिक सेवामा भ्रष्टाचार गर्ने जो कोहीमाथि कारबाही हुनेछ। यो घटनाले अरु कर्मचारीका लागि चेतावनीको रूपमा काम गर्नेछ।”
अख्तियारले नागरिकलाई पनि सरकारी सेवा लिदा अनावश्यक घुस नदिने र यस्ता घटनाबारे आयोगमा जानकारी गराउन अनुरोध गरेको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया