काठमाडौँ पुस १९-नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ साधारणसभा तथा महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पुस २८ गते काठमाडौँमा निर्वाचन हुने भएको छ। हालका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै संघमा निर्वाचन प्रक्रिया अघि बढेको हो।
आगामी निर्वाचनमार्फत अध्यक्षसहित २१ पदका लागि प्रतिस्पर्धा हुनेछ। इक्यानको विधानअनुसार २१ सदस्यीय कार्यसमितिमध्ये २ जना सदस्य मनोनित गरिने व्यवस्था रहेको छ।
महाधिवेशनलाई लक्षित गर्दै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान सुरु भइसकेको छ। संघका सदस्यहरूबीच भेटघाट, छलफल तथा प्यानल निर्माणका गतिविधि तीव्र बनेका छन्।
देशभर ६ सय ८३ शैक्षिक परामर्श व्यवसायी आवद्ध रहेको इक्यानका आठवटा शाखा सञ्चालनमा छन्। पुस २८ गते हुने निर्वाचनलाई संघको भावी नेतृत्व, नीतिगत दिशा र संस्थागत सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया