माघ १० भित्र आवेदन दिन नबिर्सनुस्: नेपाल विद्युत् प्राधिकरणको भर्ना खुला

माघ १० भित्र आवेदन दिन नबिर्सनुस्: नेपाल विद्युत् प्राधिकरणको भर्ना खुला

काठमाडौँ पुस १८-नेपाल विद्युत् प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा कर्मचारी भर्नाको लागि आवेदन खुला गरेको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

प्राधिकरणका अनुसार अधिकृतस्तरमा सहनिर्देशकदेखि वातावरणविदसम्मका १३२ पदका लागि आवेदन खुला गरिएको छ भने सहायकस्तरमा मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जनाका लागि विज्ञापन खुलेको छ।

यसैगरी, प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुला गरेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत विस्तृत जानकारी प्राप्त गर्न र आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
एक महिना अगाडि

मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ल ...

छुटाउनुभयो कि ?

TOP