काठमाडौं पुस १५ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले द काउन्सिल अफ जेन–जी का अभियन्ता सुधन गुरुङको खुलेर प्रशंसा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले देश बनाउने कुरा सबैले गरे पनि त्यसका लागि व्यवहारिक रूपमा पहल गर्ने व्यक्ति नै महत्वपूर्ण हुने बताएका छन्। उनले सुधन गुरुङले निर्वाह गरेको भूमिकालाई ऐतिहासिक भन्दै उच्च मूल्यांकन गरेका छन्। शाहले फेसबुकमा लेखेका छन्,
“देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सनेछैन। लभ यू, ब्रदर।”
मेयर शाहको यो अभिव्यक्ति हालै भएको राजनीतिक सहमतिपछि आएको हो। गएराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) र मेयर शाहबीच आगामी निर्वाचनमा एक भएर अघि बढ्ने सहमति भएको छ।
यसअघि आइतबार बिहान रास्वपा र मेयर शाहबीच ७ बुँदे सहमति भएको थियो भने त्यसकै निरन्तरताका रूपमा उनेपा र रास्वपाबीच पनि एकताको सहमति भएको जनाइएको छ।
राजनीतिक रूपमा वैकल्पिक धारमा सक्रिय शक्तिहरूबीच भएको यो सहमतिले आगामी निर्वाचनमा नयाँ समीकरणको संकेत दिएको विश्लेषकहरू बताउँछन्। मेयर शाहको पछिल्लो अभिव्यक्तिलाई केवल व्यक्तिगत प्रशंसामात्र नभई वैकल्पिक राजनीतिमा एकताको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया