काठमाडौं, मंसिर १० – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा दिइएको मृत्युदण्डको सजायविरुद्ध उनकी पार्टी, अवामी लिगले देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
पार्टीले मंगलबार (नोभेम्बर २५) देखि नोभेम्बर ३० सम्म विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने निर्णय गरेको हो। अवामी लिगले यो फैसला अवैध न्यायाधिकरणको अवैध फैसला र राजनीतिक षड्यन्त्र भएको बताएको छ।
गत नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीय हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई अनुपस्थितिमा न्याय प्रक्रिया गरेर फाँसीको सजाय सुनाएको थियो। हसिना हाल भारतमा छन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ।
गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको “जुलाई विद्रोह” हिंसात्मक विरोध प्रदर्शनले हसिनाको अवामी लिग सरकारलाई ढाल्दा करीब १४ सय नागरिकको मृत्यु भएको थियो।
अवामी लिगले देशभर विरोध प्रदर्शनमार्फत यो निर्णयलाई चुनौती दिने बताएको छ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया