ललितपुरमा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS–2025) पुस ११–१२ मा हुने

ललितपुर, पुस १० — नेपालको आधिकारिक IUPAC adhering संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS–2025) को दसौं संस्करण पुस ११ र १२ गते (डिसेम्बर 26–27, 2025) ललितपुरको कुपन्डोलस्थित NIET क्याम्पसमा आयोजना हुने भएको छ।

देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूको सहभागितामा हुने यस सम्मेलनको उद्देश्य युवालाई अनुसन्धान, वैज्ञानिक संवाद, नवप्रवर्तन र समस्या समाधानतर्फ सक्रिय बनाउनु रहेको आयोजकले जनाएको छ।

सम्मेलनमा सहभागीहरूले पाँच प्रमुख श्रेणी अन्तर्गत आफ्ना अनुसन्धान परियोजनाहरू प्रस्तुत गर्नेछन्। ती श्रेणीमा भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स; कम्प्युटर विज्ञान तथा कृत्रिम बुद्धिमत्ता; रासायनिक तथा वातावरण विज्ञान; जीव विज्ञान; तथा स्वदेशी ज्ञान र स्थानीय प्रविधि समावेश छन्।

परियोजनाको मूल्यांकनमा नवीनता, अनुसन्धानको मौलिकता, वैज्ञानिक विधि र प्रस्तुतीकरणलाई मुख्य आधार बनाइनेछ। प्रत्येक श्रेणीका उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधि, प्रमाणपत्र र पदक प्रदान गरिनेछ। साथै, विजयी सहभागीहरूले थाइल्याण्डमा हुने Asia Pacific Conference of Young Scientists (APCYS–2026) मा नेपाल प्रतिनिधित्वका लागि आवेदन दिन सक्ने योग्यता प्राप्त गर्नेछन्।

विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको युवा वैज्ञानिक शिखर सम्मेलनले हजारौँ विद्यार्थीलाई वैज्ञानिक अनुसन्धान, नेटवर्किङ, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्दै आएको छ। यस वर्ष पनि सम्मेलनमा ख्यातिप्राप्त वैज्ञानिक तथा अनुसन्धानकर्ताबाट कीनोट व्याख्यान, प्यानल डिस्कसन तथा युवा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय अवसरमा पहुँच दिलाउने विशेष सत्रहरू आयोजना गरिनेछन्।

सम्पर्क:
नेपाल पोलिमर इन्स्टिच्युट (NPI)
फोन: ९८१३१३६०३०, ९८१२९६३३६४
इमेल: nepalyss.npi@gmail.com
वेबसाइट: www.nepalpolymer.org

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP