मिलन कट्टेलले वैदेशिक रोजगार व्यवसायी संघको सदस्य पदबाट राजीनामा दिए, अध्यक्ष भुवन सिंहको अमर्यादित अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं, कात्तिक,३० – प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका महासचिव मिलन कट्टेलले आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्य पदबाट राजीनामा दिएका छन्।

कट्टेलले संघका अध्यक्ष भुवन सिंह गुरुङले व्यवसायीहरूमाथि धम्की दिने, गाली गर्ने र दोष लगाउने शैली अपनाएको भन्दै त्यसलाई संघको मर्यादा, प्रतिष्ठा र व्यावसायिक गरिमासँग मेल नखाने कार्य भएको स्पष्ट पारे।

उनले बिग्पती जारी गर्दै भने, “अध्यक्षको यस्तो व्यवहारले संघको नेतृत्व र संस्था प्रति व्यवसायीहरूको विश्वास कमजोर बनाउँछ। संघको पद व्यक्तिगत अहं प्रदर्शन गर्ने ठाउँ होइन, तर अध्यक्षको अभिव्यक्तिले संघको प्रतिष्ठा र व्यावसायिक सम्मानमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।”

कट्टेलले अध्यक्षको शैलीलाई “व्यवसायीलाई डराउने, धम्की दिने र अनुचित आरोप लगाउने” प्रकारको भएको भन्दै ती व्यवहार संघको भविष्य र व्यावसायीहरूको हितका लागि चुनौतीपूर्ण रहेको बताए।

यसअघि सिनामंगल–गौशला क्षेत्रमा भएको घटनालाई लिएर अध्यक्ष गुरुङले संघको संरक्षणमा रहेका व्यक्तिहरूको आरोप अस्वीकार गर्दै संघले कुनै गैरकानुनी गतिविधिमा सहयोग नगरेको दाबी गरेका थिए। तर कट्टेलले अध्यक्षको अमर्यादित भाषा, धम्कीपूर्ण अभिव्यक्ति र व्यक्तिगत हमला ले व्यवसायीहरूमाझ नकारात्मक सन्देश र असन्तोष फैलाएको उल्लेख गरे।

कट्टेलले अध्यक्षको व्यवहारलाई संस्थागत मर्यादाविपरीत, व्यवसायी अधिकारमाथि आक्रमक र डर सिर्जना गर्ने कार्य भएको भन्दै आपत्ति जनाए। उनले जोड दिए, संघको नेतृत्व व्यक्तिगत अहं र क्रोधको माध्यम बन्ने ठाउँ होइन, तर यस्ता व्यवहारले संघको सम्मान, प्रतिष्ठा र व्यावसायिक एकतालाई संकटमा पार्ने खतरा रहेको छ।

उनको राजीनामाले संघभित्रको नेतृत्व, संस्थाको प्रतिष्ठा र व्यवसायीहरूसँगको सम्बन्धमा ठूलो विवाद र आलोचना बढाउने संकेत गरेको छ। वैदेशिक रोजगार व्यवसायीहरूले यदि संघ जिम्मेवार र मर्यादित रूपमा काम गर्न नसके,  संघको अस्तित्वमाथि नै गम्भीर प्रश्न चिन्ह उठ्ने धारणा राखेका छन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP