काठमाडौं, कार्तिक २६ – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ आज रातिदेखि अवकाशमा जाँदै छन्। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि उनी बुधबार राति १२ बजेदेखि अवकाशमा प्रवेश गर्न लागेका हुन्।
खापुङले २०७९ साउनमा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा पाएका थिए र त्यसपछि मन्त्रिपरिषद्को निर्णयबाट महानिरीक्षक नियुक्त भएका थिए। उनको कार्यकाल ६९ दिनमै समाप्त हुँदैछ।
नेपाल प्रहरीमा तीन दशक लामो सेवा दिए पनि खापुङले आफ्नो छोटो कार्यकालमा संगठनभित्र ठूला सुधारका काम गर्न सकेनन्। जेनजी आन्दोलनका क्रममा निहत्था युवाहरूको मृत्यु भएको घटनामा उनको नेतृत्वप्रति आलोचना समेत भएको थियो।
सेवा अवधिको अन्तिम दिनमा खापुङले प्रहरी प्रधान कार्यालय, रानीपोखरीमा आयोजित बिदाइ कार्यक्रममा वरिष्ठ अधिकृतहरूलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा साथ र सहयोग पुर्याउने सम्पूर्ण प्रहरी परिवारप्रति धन्यवाद व्यक्त गरे।
उनको अवकाशसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी दानबहादुर कार्कीलाई नयाँ महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखको रूपमा कार्यरत थिए।
आईजीपीमा नियुक्त भएपछि कार्कीले आजै औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। उनले पदभार ग्रहणअघि खापुङसँग बिदाइ भेटघाट गर्दै संगठनलाई सुधार, पारदर्शिता र जनसेवामा केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन्।
खापुङको अवकाश र कार्कीको पदभारसँगै नेपाल प्रहरी नयाँ नेतृत्वमा प्रवेश गरेको छ। अब संगठनले अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सार्वजनिक सुरक्षामा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया