प्रधानमन्त्री सुशीला कार्कीको कडा चेतावनी : ‘भ्रष्टाचारीहरू तयार रहून्, फाइल खोलेर कारबाही सुरु भइसकेको छ’

प्रधानमन्त्री सुशीला कार्कीको कडा चेतावनी : ‘भ्रष्टाचारीहरू तयार रहून्, फाइल खोलेर कारबाही सुरु भइसकेको छ’

 काठमाडौं असोज ३१- प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएको भ्रष्टाचार अन्त्य गर्न अब कसैलाई छुट नदिने स्पष्ट चेतावनी दिएकी छिन्।

शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई दिएको ब्रिफिङका क्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको लडाइँलाई सरकारको शीर्ष प्राथमिकता भएको बताइन्।

उनले दृढ स्वरमा भनिन्, “भ्रष्टाचारीहरू तयार रहून्, फाइल खोलेर कारबाही सुरु भइसकेको छ। सार्वजनिक कोषको दुरुपयोग र राज्य सम्पत्तिमाथि खेलवाड गर्नेहरूलाई अब कानुनको कठघरामा उभ्याइनेछ।”

प्रधानमन्त्री कार्कीका अनुसार सरकार पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई संस्थागत बनाउने दिशामा अघि बढिरहेको छ। उनले भनिन्, “हामीले पारदर्शिता बढाउन र दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटमा संशोधन गरेका छौं। अब शासन प्रणालीमा शुद्धिकरणको प्रक्रिया सुरु भएको छ।”

विश्व शान्तिमा नेपालको योगदानबारे बोल्दै उनले थपिन्, “संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ। यो विश्व शान्तिका लागि नेपालको अर्थपूर्ण योगदान हो।”

प्रधानमन्त्री कार्कीको भनाइलाई विश्लेषकहरूले देशमा सुशासन र उत्तरदायित्व स्थापनाको ठोस संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, सरकारले अब ‘भ्रष्टाचारमुक्त शासन’ को नारा व्यवहारमा उतार्ने तयारी गरेको देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP