नवनियुक्त आइजिपी कार्कीलाई पत्रकारहरुको शुभकामना, जनभावना अनुसार कार्यकाल अघि बढाउन आग्रह

नवनियुक्त आइजिपी कार्कीलाई पत्रकारहरुको शुभकामना, जनभावना अनुसार कार्यकाल अघि बढाउन आग्रह

काठमाडौं, कात्तिक ३० – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीलाई आज प्रहरी प्रधान कार्यालयमा पत्रकारहरुको समूहले शुभकामना दिएका छन्। रेड मिडियाकी प्रधान सम्पादक बिष्णुमाया पौडेलको नेतृत्वमा पुगेका पत्रकारहरुले आइजिपीसँग भेटघाट गर्दै आगामी कार्यकाल जनभावना अनुसार अघि बढाउन आग्रह गरेका छन्।

भेटघाटमा जेनजी आन्दोलनपछिको देशको शान्ति–सुरक्षा, अमनचयन र अपराध नियन्त्रणमा प्रहरी प्रमुखको भूमिका र जिम्मेवारीबारे खुलस्त छलफल भएको थियो। पत्रकारहरुले प्रहरी–जनता सहकार्य र पारदर्शिता कायम गर्न विशेष जोड दिएका छन्।

आइजिपी कार्कीले पत्रकारहरुसँगको संवादमा भने, “नेपाल प्रहरी आम नेपाली जनताको प्रहरी हो। हामी जनताको विश्वासमा निराश हुन दिने छैनौं। दिन–रात खटेर जनताको सुरक्षा सुनिश्चित गर्नेछौं। सत्य सूचना र सहयोगका लागि सबैलाई अपिल गर्दछु।” उनले समाज र राष्ट्र निर्माणमा पत्रकारहरुको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै सबै मिलेर सभ्य समाज निर्माणमा जुट्न आग्रह गरे।

यस अवसरमा रेड मिडियाकी प्रधान सम्पादक बिष्णुमाया पौडेलले भने, “हामी निरन्तर राष्ट्र निर्माणमा लागिरहेका छौं र लागिरहनेछौं। आइजिपी कार्कीलाई आगामी कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। प्रहरी–जनताको सहकार्यले मात्र शान्ति, सुरक्षा र विकास सम्भव छ।”

पत्रकारहरुले आगामी कार्यकालमा आइजिपी कार्कीको सफलता र नेपालको शान्ति–सुरक्षामा योगदानको कामना गर्दै, जनताको विश्वास कायम राख्न प्रहरीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP