काठमाडौ असोज १२-जेनजी आन्दोलन दमनबारे बनेको छानबिन आयोगले तत्कालीन उच्चपदस्थ पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित निकायलाई सिफारिस गरेको हो।
आयोगका अनुसार अनुसन्धानलाई सहज बनाउन र उनीहरूको सम्भावित विदेश पलायन रोक्न यस्तो सिफारिस गरिएको हो। आयोगले आन्दोलन दमनका क्रममा संलग्न हुने आदेश, निर्देशन र कार्यान्वयन प्रक्रियामा उनीहरूको भूमिकाबारे विस्तृत छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
यसअघि आयोगले आन्दोलनका क्रममा घाइते, मृतक परिवार, प्रत्यक्षदर्शी तथा सुरक्षाकर्मीहरूसँग बयान संकलन गर्दै प्रमाणहरू एकत्र गरेको थियो। प्रारम्भिक निष्कर्षमा तत्कालीन राजनीतिक नेतृत्व र प्रशासनिक निकायको संलग्नता औंल्याइएपछि राहदानी रोक्का सिफारिस गरिएको हो।
सिफारिसमा परेका पाँच जना मध्ये कुनैको औपचारिक प्रतिक्रिया आएको छैन। तर राजनीतिक वृत्तमा भने आयोगको यो कदमलाई आन्दोलन दमन छानबिनको महत्वपूर्ण मोडका रूपमा लिइएको छ। आयोगको अन्तिम प्रतिवेदनले जिम्मेवार ठहरिने व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने आधार तय गर्ने बताइएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया