क्वालालम्पुर,असोज ११— मलेसिया सरकारले अबदेखि नेपालबाट हुने कामदार भर्ना प्रक्रिया नयाँ मापदण्ड र कडा नियम लागू गर्दै व्यवस्थित बनाउन लागेकोछ। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पठाएको पत्रमार्फत यसबारे जानकारी दिएको छ।
मन्त्रालयका अनुसार, अब मलेसियामा कामदार पठाउने इजाजतपत्र प्राप्त निजी रोजगार एजेन्सीहरूलाई १० अनिवार्य मापदण्डका आधारमा छानिनेछ। सो मापदण्डअनुसारको प्रक्रिया मानव संसाधन मन्त्रालयद्वारा प्रशासित योग्यतामा आधारित निष्पक्ष परीक्षण प्रणालीमार्फत लागू गरिने बताइएको छ।
नेपाल सरकारलाई ती मापदण्ड पूरा गर्ने एजेन्सीहरूको सूची नोभेम्बर महिनाभित्र बुझाउन आग्रह गरिएको छ। मन्त्रालयले स्पष्ट गरेको छ— “अपूर्ण वा मापदण्ड नपुगेका आवेदनहरूलाई कुनै हालतमा विचार गरिने छैन।”
मलेसियाको परराष्ट्र मन्त्रालयले यो नीति दुई देशबीचको रचनात्मक, पारदर्शी र नैतिक श्रम आप्रवासन अभ्यासलाई बलियो बनाउने ऐतिहासिक कदम भएको उल्लेख गर्दै, नेपाली दूतावाससँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ, कलंकी ११ —जेनजी आन्दोलनका क्रममा लागेको आगलागीले कलंकी मालपोत कार्यालयका धेरै भौतिक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!