काठमाडौं, असोज ५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को ३५औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहमार्फत प्रतिवेदन बुझाए।
समारोहमा राष्ट्रपति पौडेलले अख्तियारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा पुर्याएको योगदानको प्रशंसा गर्दै लोकतन्त्रलाई जवाफदेहितासहितको शासनसँग जोड्दै आयोगलाई थप प्रभावकारी ढंगले अनुसन्धान र अभियोजनमा जुट्न आग्रह गरे। उनले प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनका लागि सरकार र संघीय संसदको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।
आयुक्त राईले आयोगले आ.व. २०८१/८२ मा सम्पादन गरेका कामकारबाहीको संक्षिप्त विवरण प्रस्तुत गर्दै पाँचौँ रणनीतिक योजना (२०८१/८२–२०८५/८६) तयार गरेको जानकारी दिए। उनले टंगालस्थित केन्द्रीय कार्यालयसहित इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर र नेपालगञ्जका मातहत कार्यालयमार्फत काम भइरहेको र हाल आयोगमा ९९० कर्मचारी कार्यरत रहेको बताए।
सो अवसरमा उनले दर्ता भएका उजुरी, फर्छ्यौट भएका र बाँकी रहेका उजुरी, विशेष अदालतमा दायर तथा सर्वोच्चमा पुनरावेदन र पुनरावलोकनमा रहेका मुद्दाको विवरण समेत प्रस्तुत गरे। भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोग संवैधानिक दायित्व अनुसार निर्भिक, निष्पक्ष र तटस्थ ढंगले काम गर्न प्रतिवद्ध रहेको उनले स्पष्ट पारे।
समारोहमा आयोगका आयुक्तहरू किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा. हरि पौडेल, डा. सुमित्रा श्रेष्ठ अमात्य, सचिव, महाशाखा प्रमुख र कर्मचारीहरु तथा राष्ट्रपतिको कार्यालयका अधिकारीहरूको उपस्थिति थियो।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया