घाइते जेनजी भन्छन् : “बालेनसँग ठूलो चित दुखेको छ”

काठमाडौ ,असोज ५-हालैको आन्दोलनमा घाइते भएका जेनजिहरुले काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति असन्तोष पोखेका छन् ।

आन्दोलनको संवेदनशील समयमा सहिद र घाइतेलाई बेवास्ता गरिएको भन्दै उनीहरुले बालेनसँग ठूलो चित दुखेको बताएका हुन् । उनका अनुसार, न त बालेन अन्त्येष्टिमा सहभागी भए, न अस्पतालमा घाइतेलाई भेट्न पुगे, न महानगरकै तर्फबाट कुनै विज्ञप्ति जारी भयो ।

“हामीले उनलाई भविष्यको प्रधानमन्त्रीसम्मको नेतृत्व दिन सक्ने व्यक्ति ठानेका थियौं, तर आज सहिद र घाइतेको पीडामा मौन देख्दा ठूलो चित दुखेको छ,” घाइते जेनजिहरुको गुनासो छ ।

यस घटनापछि जेनजीहरुबीच बालेनको नेतृत्व र भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP