गृहमन्त्री रमेश लेखकको राजीनामा

गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौं भदौ २३- जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेर १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। एक मन्त्रीले दिएको जानकारीअनुसार लेखकले घटनाप्रति नैतिक जिम्मेवारी लिँदै पदबाट हट्ने निर्णय गरेका हुन्।

जेनजीहरूको सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि १९ जनाको ज्यान गएको छ। घटनापछि लेखकले पार्टी बैठकमा समेत नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखला नेपालले जित्यो
5 महिना अगाडि

काठमाडौं असोज १४- नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक क्रिकेट शृंखलामा लगातार दोस्रो जित निकाल्दै ...

छुटाउनुभयो कि ?

TOP