भारतसँगको सीमा विवाद वार्तामार्फत समाधान गर्नुपर्ने : अध्यक्ष महतो

भारतसँगको सीमा विवाद वार्तामार्फत समाधान गर्नुपर्ने : अध्यक्ष महतो

मोरङ,भदौ १७– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल–भारतबीचको सीमा विवादलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।

मंगलबार विराटनगरमा पार्टीको मोरङ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले विशेषगरी सुदूरपश्चिमस्थित कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई संवेदनशील ढंगले कूटनीतिक पहलमार्फत टुंग्याउनुपर्ने सुझाव दिनुभयो।

उहाँले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, भेशभूषा, धर्म र संस्कृतिको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै, "नेपालको विविधता नै हाम्रो शक्ति हो, यसलाई जोगाउन सरकार जिम्मेवार हुनुपर्छ," भन्नुभयो।

दलहरूबीच आपसी खिचातानी छोडेर जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। सातै प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएको दाबी गर्दै महतोले आवश्यक परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो।

संघीयता अझ प्रभावकारी बनाउनुपर्नेमा बल दिँदै अध्यक्ष महतोले आदिवासी जनजाति, मधेसी, थारु लगायत समुदायको पहिचानलाई उचित स्थान दिनुपर्नेमा सरकार र दलहरूलाई सचेत गराउनुभयो।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा
5 महिना अगाडि

काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घ ...

छुटाउनुभयो कि ?

TOP