पूर्वसभामुख घर्ती र महराले संसद्को गाडी र सुविधा फिर्ता गरे

पूर्वसभामुख घर्ती र महराले संसद्को गाडी र सुविधा फिर्ता गरे

काठमाडौं,असोज १३ – पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी र सम्बन्धित सुविधा फिर्ता गरेका छन्। विगतमा मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वसभामुखलाई गाडी, चालक, इन्धन र सुरक्षा सहयोगी उपलब्ध गराइँदै आएको थियो।

तर सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले प्रयोग गर्दै आएका अतिरिक्त सुविधा फिर्ता गर्ने निर्णय गरेसँगै, अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै प्रचलित कानुनबाहेक लिइएको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको छ। यस निर्णयपछि पूर्वसभामुखहरूले आफ्नो प्रयोगमा रहेका संसदीय सुविधा फिर्ता गरेका हुन्।

सरकारको यो कदमले सेवानिवृत्त पदाधिकारीको सुविधा व्यवस्थापनलाई थप पारदर्शी बनाउने र सार्वजनिक स्रोतको उचित प्रयोग सुनिश्चित गर्ने उद्देश्य राखेको बताइएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

माधेशका शिक्षकहरूको तलब नपाएपछि गुनासोको पहिरो, मन्त्री पुनले अनुसन्धान घोषणा
5 महिना अगाडि

काठमाडौं असोज १३– माधेश क्षेत्रका शिक्षकहरूले तलब नपाएका कारण वर्षभरि दशैं, तिहार र छठ जस्ता म ...

छुटाउनुभयो कि ?

TOP